पुस,काठमाडौं ११ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भोजपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फबाट दावा शेर्पाको नाम सिफारिस गरेको छ । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका दावा शेर्पाको नाम सिफारिस गरेको हो ।
विशेषगरी युवा पुस्ता र प्रवासी नेपालीमाझ लोकप्रिय रहनुभएका शेर्पाको नाम ‘सहिद परिवार’ क्लस्टरबाट सिफारिसमा परेको जनाइएको छ । विद्यार्थी जिवन देखिनै राजनीतिमा सक्रिय हुनभएका शेर्पा यति बेला जापान हुनुहुन्छ । प्रवास भए पनि उहाँले नेपाली राजनीतिमा सक्रियता र सहिद परिवारको सदस्यका रूपमा निर्वाह गरेको भूमिकालाई सम्मान गर्दै पार्टीले उम्मेदवारका रूपमा अघि सारेको बताएको छ । शेर्पा तात्कालिन नेकपा माओबादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जापानका महासचिव पनि हुनुहुन्छ ।
सात समुद्रपारि रहेर पनि आफ्नो माटो, पार्टी र संगठनप्रतिको लगावका कारण पार्टीले उहाँको योगदानको उच्च कदर गरेको छ । उहाँले आफ्नो देशको माया र ममताले पनि आफुलाई विदेशी भुमिबाट तानेको बताउनु भएको छ ।
उहाँले आफूलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै निर्वाचन लड्न तयार रहेको बताउनुभयो । राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको पनि उहाँको भनाई छ । पार्टीको जिल्ला कमिटीले प्रतिनिधि सभा प्रत्यक्षरसमानुपातिक र राष्ट्रिय सभाका लागि १५ जनाको नाम सिफारिस गरेको हो ।
