साउन,काठमाडौं २६ : आज साउन महिनाको अन्तिम सोमवार काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।
साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास रहि आएको छ ।
भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।
