
जेष्ठ १४ काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । म्याद थपका लागि उनलाई सोमबार धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकोछ । सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उहाँलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।
यसअघि अदालतले उहाँलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो ।
