
जेष्ठ २६ काठमाडौं : सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोडस्थित सिलगढी खानेपानीको गोदाममा आगलागी हुदाँ करोडौंको क्षति भएको हो ।
आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएका सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालयले जनाएको छ । करिब ८ करोड रुपैयाँ बराबरको खानेपानीको पाइप नष्ट भएको छ छ ।
गएराति करिब १२ बजे गोदाममा आगलागी भएको बताइएको छ । दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले साढे ३ घण्टा पछि नियन्त्रणमा लिएका हुन् । कसैले नियतबस गोदाम घरमा आगो लगाएको हुनसक्ने कार्यालय प्रमुखको आरोप छ ।
