जेष्ठ १४ काठमाडौं : वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।(मह जोडी)ले अदालतमा विचाराधीन मुद्दामा बोलेर आफूहरुले गल्ती गरेको भन्दै माफी माग्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले उठिरहेको समसामयिक विषयमा हाम्रो राय शीर्षकमा एक भिडियो सार्वजनिक गर्दै उहाँहरुले अदालतमा विचाराधीन विषयमा बोल्नु त्रुटी भएको स्वीकार गर्नु भएको हो ।
यही जेठ ८ गते नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयतर्फ इंगित गर्दै मह जोडीले उक्त अभिव्यक्ती दिनु त्रुटी भएको उल्लेख गर्नु भयो ।
उहाँहरुले कार्यक्रमको दौडधुपका क्रममा एक्कासि सोधिएका प्रश्नमा विषयलाई राम्रोसँग बुझ्न नपाई अभिव्यक्ति दिँदा गल्ती हुन गएकाले यसप्रति माफी दिन आग्रह गर्नु भएको छ ।
