
असार ३ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा उहाँले बजेट समग्रमा सन्तोषजनक रहेको बताउनु भएको हो ।
प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताउनु भयो । उनले भने “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपीहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु। त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ। यो हल्ला मात्रै हो ।
