
असार ११ काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उहाँले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताउनु भयो । उहाँले आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने बताउनु भयो । सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाउनु भयो ।
