
असार २६,काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेमाथि सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्न उच्चस्तरीस्य समिति गठनको माग गर्नु भएको छ ।
आफूमाथि भएको कारबाहीपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेमाथि सर्वोच्च अदालतले नै अनुसन्धान गर भनेकाले पार्टीले पनि छानबिन समिति गठन गर्नुपर्ने बताउनु भएको हो । पासपोर्टका विषयमा पनि पार्टीबाट छानबिन हुनुपर्ने बताए । रविसँग दुईवटा पासपोर्ट रहेको उहाँको आरोप छ । देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको बताउनु भयो ।
उहाँले बुधबार पत्रकार सम्मेलनमा रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको बताउनु भएको हो । ढकालले रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको शैली मन पर्न थालेको आरोप लगाउनु भयो । उहाँले आफूलाई ‘बालपन’, बच्चापन’ भयो भन्दै आफ्नो शैली र छविमा आँच लगाउने काम भएको बताउनुभयो ।
