साउन २३ ,काठमाडौं : मधेस प्रदेशमा पाँच राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । हिजो मुख्यमन्त्री सतिशकुमार सिंहले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभयो ।
नेपाली कांग्रेसबाट दुई र एमाले, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक÷एक जना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बन्नुभएको छ ।
त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ गराउनुभयो । योसँगै मधेसमा अहिलेसम्मकै ठूलो आकारको मन्त्रिपरिषद् बनेको छ । मधेसमा मुख्यमन्त्री कार्यालयसहित १३ वटा मन्त्रालय रहेका छन् ।

