फागुन ६,काठमाडौं :समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी चयन हुनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा आइतबार बसेको बैठकले आलोपालो नेतृत्वको प्रावधान अनुसार विप्लवलाई संयोजकमा चयन गरेको हो।
यसअघि मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष नेपालले गर्नु भएको थियो । बैठकमा देशका प्रमुख शहरमा जनपरिचालनको कार्यक्रम आयोजना गर्ने पनि निर्णय गरेको छ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।
