६ जेठ,काठमाडौं । रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताउनु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उहाँले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिनुभयो ।
जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
‘अझै पनि जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझै, नदेखेझै गर्ने हाम्रो समाजको दोषी चश्मा अव खोल्ने बेला आएको छ । सदियौंदेखि पिल्सिएका दलित समुदायलाई क्षमायाचना त्यतिबेला मात्रै स्वीकार्य हुन्छ, जब त्यो ठोस क्षतिपूर्तिसहित आउँछ,’ उहाँले भन्नु भयो सतिप्रथा र कमलरी प्रथा अन्त्य गरेको यो समाजमा म हाम्रो सरकारलाई आफ्नै कार्यकालमा छुवाछुत र जातीय विभेदको अन्त्य गर्न चुनौती दिन चाहन्छु ।’
सांसद विश्वकर्माले दलित समुदायमाथि क्षमायाचना गर्नुअघि उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनिन बताउनु भयो ।
