फागुन २१,काठमाडौं :गायक तथा संगितकार उत्तम पौडेलको शब्दमा रहेको “शैलुंगे लेकमा” बोलको पूर्वेली गीत भिडियोसहित सार्वजनिक भएको छ । उक्त गीत गायक पौडेलको आफ्नै अफिसियल युटुव च्यानलबाट शनिबार सार्वजनिक भएको हो ।
चर्चित गायक रामकुमार नेपाली र गायिका मुना ठटालको स्वरमा रहेको उक्त गीतको मिक्सिङ –मास्टरिङ साजन शाहले गर्नु भएको छ ।
सम्पादन सुरेश श्रेष्ठ र निर्देशक मिलन श्रेष्ठको रहेको उक्त गीतको भिडियोमा दिपेन्द्र सुनाम र स्वतीका खड्काको अभिनय देख्न सकिन्छ । यसअघि बालगीतबाट चर्चा कमाउनु भएका गायक पौडेलले थुप्रै गीतहरु बजारमा ल्याई सक्नु भएको छ ।
https://www.youtube.com/watch?v=KQHOgdum-Xk
