
७ करोड ५० लाख ठग्ने गिरोहका मुख्य योजनाकार सार्वजनिक
बैशाख ३१, काठमाडौ : नेपालबाट अमेरिका पठाउँछौँ भनेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा जगतबहादुर तामाङसहित ३ जना पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ घर भएका जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका–२ घर भएका जङ्गबहादुर विक (बराल) र विष्णुबहादुर बराली छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई दिल्लीबाट पक्राउ गरेर ल्याइएको बताइएको छ । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए ।
उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिनु भयो ।
be careful hai