बैशाख ४ काठमाडौं : ५ लाख धरौटीमा गायक रवि ओड रिहा हुनु भएका छन् ।

वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उहाँ बिहीबार साँझ ५ बजे रिहा हुनु भएको हो ।
ओडविरूद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उहाँकी श्रीमतीले उजुरी दिनु भएको थियो । ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गर्नु भएको थियो ।
