कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक
जेष्ठ ४ काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिनु भयो ।
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।
बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठक चल्न नदिने कांग्रेसको रणनीति छ।
