
असार १५ काठमाडौं : आज असार १५ देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।
विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि मन्त्रालयले पहिलोपटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यकाबाहिर मनाउन लागेको छ ।
मन्त्रालयले शनिबार चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउन लागेको हो । मन्त्रालयले चितवनबाट औपचारिक रूपमा सुरु गर्न लागेको २१औं धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी हुनेछन् ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।
