इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि
बैशाख १७, काठमाडौ इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाउनु भएको छ । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाउनु भएको छ ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गर्नु भएको छ । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाउनु भएको छ भने ,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मतल्याउनु भएकोछ ।
