चैत १५ ,काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रवादीहरूले जनताको अपेक्षानुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्त्वहरूले टाउको उठाउने दुःसाहस गरेको भन्दै आत्मालोचना गर्नुभएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँ गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले जनचाहनानुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्त्व सक्रिय भएको भन्दै आत्मालोचना गर्नुभयो ।
उहाँले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तिको घोषणा गर्नुभयो उहाँले गणतन्त्रमा गरेका कमजोरी सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्न नयाँ आन्दोलन एवं क्रान्तिको आवश्यक रहेको बताउनुभयो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिनुभयो। नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरूलाई नेपाली जनताले छुट नदिने उहाँले बताउनुभयो ।

Very good https://shorturl.at/2breu