कार्तिक,काठमाडौं १४ : नयाँ चलचित्र ‘परान’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । नेपाली समाजका भावना, पारिवारिक सम्बन्ध र यथार्थलाई उजागर गर्ने दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यो चलचित्रले आम नेपाली परिवारभित्रको कथालाई पर्दामा उतारिएको छ ।
चलचित्रको कथा स्वयम् निर्देशक आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेख्नुभएको हो । ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश शाह, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा र बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको अभिनय छ ।
गीतमा रिदम कँडेलको सङ्गीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वरले रहेको छ । चलचित्रलाई गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले निर्माण गरेको हो ।
