फागुन,काठमाडौं १२ : फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीका भारतीय सीमा नाका तीन दिन बन्द गरिने भएको छ।
निर्वाचनलाई भयरहित बनाउनकाका लागि तीन दिन नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । १८ फागुनको राति १२ बजेदेखि २१ फागुनको राति १२ बजेसम्म नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिनुभएको छ ।
जोशीले २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने जनाएको छ ।
