माघ २२,काठमाडौं :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताउनु भएको छ ।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताउनु भएको हो ।
नेताहरूले प्रहरी मेरै अधीनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले विकृति सिर्जना गर्ने उहाँको भनाइ छ । ओलीले प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राख्नु भएको छ ।
उहाँले संघीयताको कार्यान्वयनमा ध्यान नदिँदा अहिले प्रश्न उठिरहेको उहाँको भनाई छ । त्यस्तै उहाँले सङ्क्रमणकालीन न्यायसंगसम्बन्धीत विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेकोबताउनु भयो । अन्तराष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उहाँको भनाई छ ।
