
जेष्ठ २८ काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नु भएको छ । आइतबार बेलुका भएको भेटमा नेपाल र भारतको आपसी सम्बन्ध एवम् द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।
सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताको विषयमा विचारविमर्श भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान काठमाडौंदेखि भारतको नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी भ्रमणमा सहभागी छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।
