साउन १५,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल र पानी जहाज चलाउने सरकारको योजना रहेको बताउनु भएको छ ।
मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भन्नुभयो, , ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ । रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’
विकास,समृद्धि र सुशासनका सवालमा सरकारले देखिनेगरी काम गर्नुपर्ने भन्दै ओलीले सवारी साधन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिने ठाउँमा उभिन नसक्ने ज्येष्ठ नागरिक पनि लाइन लाग्नुपर्ने स्थिति दुःखद भएको र त्यसको अन्त्य हुनुपर्ने बताउनु भयो ।
साथै उहाँले इजरायल र मलेसियाले समुन्द्रको पानी प्रशोधन गरेर पिउने पानी बनाइरहेको भन्दै नेपालले सगरमाथाको पानीलाई किन ब्राण्डिङ नगर्ने भन्दै यसमा ध्यान दिन सक्नुपर्ने बताउनु भयो ।
