फागुन १९, काठमाडौं:नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमा रहेका पदाधकारी जिम्मेवार देखिएको बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय समितिको फागुन १५ गते बैठकका लागि काठमाडौँमा बोलाइएका केन्द्रीय सदस्यहरू आजसम्म पनि बैठक बस्न नसकेपछि शनिबार बिहान महरको सिचवालय बानेश्वरमा गुनासो गर्न पुग्नु भएको थियो
संघका केन्द्रीय नेताहरु छलफल गर्दै महरले पाँचजना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको बताउनु भएको हो ।
‘पार्टी शीर्ष नेतृत्वको जिम्मालिएकाहरुको फाईदाका लागि युवा विद्यार्थीहरु लाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिले सम्म नेविसंघको बैठक बस्न सकेको छैन, । भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न नसकेन, भ्रातृसंस्था क्रियाशील हुन सकेका छैनन्।
