चैत,काठमाडौं १४ : जेनजी आन्दोलन दमन गरेको आरोप लाग्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्ततस् प्रहरीले पक्राउ गरेको छ। उहाँलाई प्रहरीले गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो। त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ।
उहाँलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले विहानै पक्राउ गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले सिफारिस गरेका सुरक्षा निकायका पदाधिकारीबाहेक अरुको हकमा तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो ।
त्यसपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखसँग लामो छलफल गर्नुभएको थियो ।
