असार,काठमाडौं २२ : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रदेश खारेजी स्वीकार्य नहुने बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधान संशोधनको नाममा प्रदेश खारेजी, लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस नगर्न चेतावनी दिनु भएको हो ।
उहाँले भन्नुभयो , यदि संविधान संशोधन गर्ने हो भने, आज एक–तिहाइ तपाईँको महिलाहरूको अधिकार संविधानमा सुनिश्चित छ, त्यसलाई ५० प्रतिशत पुर्याइयोस्। आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, उत्पीडित र पछाडि पारिएको समुदायलाई माथि उठाउने, विद्यार्थी, मजदुर, किसानको पक्षमा हिजो २०७२ मा जारी भएको संविधानले कहाँ(कहाँ अधिकार कुण्ठित गरेको छ, उनीहरूको अधिकारमा पुनर्विचार गरेर संविधान संशोधन गर्ने गरियोस् ।’
उहाँले संविधान संशोधनको नाममा लोकतन्त्रमाथि छेडखानी गरिए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा फेरि पनि विद्रोह हुने बताउनु भएको छ ।
