साउन ६,काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैहुनुहुन्छ। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गर्नु भएको थियो सोही दाबीअनुसार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(४) अनुसार संसद् बैठकबाट विश्वासको मत लिने तयारी गर्नु भएको हो ।
यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत परेको थियो। प्रधानमन्त्री ओलीलाई सत्ता घटक दलहरू नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ।
