बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बैशाख १७, काठमाडौ: नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ ११ हजार ६१२ मतका साथ निर्वाचित हुनु भएको हो ।
यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नु भएको छ । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ । बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो ।
यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।
