
असार २५,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ ।
मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् ।
बागमती प्रदेश सरकारलाई दूरगामी महत्व राख्ने निर्णयहरु नगर्न समेत आग्रह गरेको छ । कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

