२४, भदौं काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘जेनजी’लाई संयमित हुन आग्रह गर्नुभएको छ ।
उहाँले मंगलबार सामाजिक सञ्जालमार्फतस्टाटस राख्दै संयमित हुन आग्रहगर्नुभएको हो । उहाँले भ्ननु भएको छ ,हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला, बालेनले मंगलबार दिउँसो लेख्नु भएको छ ।
उहाँले जेनजी पुस्तालाई देशको नेतृत्व गर्नका निम्ति तयार रहन आग्रह गर्नुभएको छ । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला उहाँले भन्नु भयो सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्नुभएको छ । उहाँले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन र वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने बताउनु भएको छ ।
