१९ पुस,काठमाडौं । सरकारले मध्य हिउँदको समयमा वातावरण एकदमै प्रदूषित भएको हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको हो।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खतरनाक तहसम्म पुगेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। केन्द्रले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
मन्त्रालयको प्रवक्ताको समेत रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले यतिखेर तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात आदिले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघा, खोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियाका लक्षण भएका विरामी बढ्दै गएको र अझ पछिल्ला वर्षमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्क लगायत अंगमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सर जस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाउने गरेको पाइएको हुँदा सतर्कता अपनाउन आग्रह गरेका हुन्।
उहाँले भन्नु भयो,पछिल्ला वर्षमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्क लगायत अंगमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सर जस्ता दीर्घ रोगको जोखिम र मृत्युदर बढाउने गरेको छ। जाडोयाममा विशेषतः बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीलाई जोखिम बढी हुने हुनाले चिसोका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन धुवाँ–धूलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन–सी पर्याप्त मावामा भएका फलफूल –सुन्तला, कागती, अमला), मौसम अनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने, प्रशस्त मावामा झोल पदार्थ खाने र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन मन्त्रालय अनुरोध छ।’
अत्यधिक वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने तथा दीर्घकालीन स्वास्थ्य जोखिम बढ्ने चिकित्सकको भनाइ छ। यस्तै डा.बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेका छन।
