फागुन १७,काठमाडौं: बिहीबार मिटरब्याज पीडितहरूले राजधानीमा सिट्ठी जुलुस निकालेका छन् । पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् ।
मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन।
माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।
