२३ फागुन,काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा.महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
२२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । उहाँ आफ्नो जन्मथलोमा निर्वाचन लड्न आउनु भएको थियो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनावमा लड्न आउनुभएको हिो । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने नीति बनाउने उहाँले प्रतिवद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।
नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।
३च्भकगतिध्ष्तजइप्
