
असार १० काठमाडौं : युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले जित निकालेको हो । हंगेरीका लागि केभिन कोबोथले गोल गरेका थिए ।
उनले दोस्रो हाफको इन्जुरी समयको दशौँ मिनेटमा गरेको गोल नै हंगेरीको जितका लागि निर्णायक बनेको थियो । यसअघिका दुई खेल हारेको हंगेरी ३ अंक जोड्दै समूह ‘ए’ को तेस्रो स्थानमा छ । पराजित भएको स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।
