चैत,काठमाडौं १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आजपनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार भएको बहस नसकिएपछि आज सुनुवाइ गर्ने तय गरेको हो।
रिट निवेदकको तर्फबाट बहस सकिएको छ। आजको बहसमा सरकारी वकिल र रवि पक्षका वकिलले बहस गर्नेछन्। महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेपछि विवादको रूप लिएको थियो।
भण्डारीले गत २ माघमा लामिछानेसहित अरु सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन हुने निर्णय गर्नुभएको थियो ।
