१७ जेठ,काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी बेञ्चका सांसदहरूबीच चर्काचर्की भएको छ । आजैको संसद्मा प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सम्बोधनबारे विपक्षीहरूले नियमापत्ति गरेका थिए । सो क्रममा सभामुख डोलप्रसाद अर्यालले नियमावलीको गलत व्याख्या गरेको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।
विपक्षीहरूको अवरोधपछि सभामुख अर्यालले मर्यादित हुन आग्रह गर्नुभयो । सोही क्रममा सत्तारुढ रास्वपा सांसद आशिका तामाङ आक्रोशित हुँदै बेञ्चबाट उठ्नु भएकको थिया । उहाँलाई रास्वपाकै सांसदहरूले सम्झाइबुझाइ गरेका छन् ।
