असोज काठमाडौं ७ : साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले साबिक विजेता भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल पर्सि बिहीवार हुने बताइएको छ । पर्सि नै बंगलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् ।
कोलम्बो रेसकोर्समा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रुपमा भारतलाई पाएको हो । प्रतियोगितामा अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बनेको छ ।
नेपाल भने समूह ‘ए’ को उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो ।
नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको थियो । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० को आयोजनामा चलिरहेको प्रतियोगिता आउँदो शनिवारसम्म चल्नेछ ।
