प्रधानमन्त्री ओली धरान, २६ कात्तिकः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
काठमाडौं २६ ,कातिक : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरूलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताउनुभयो ।
नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गर्नुभयो । समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।
