चैत १६,काठमाडौं: बिहीबार र शुक्रबार लगातार बढेको सुनको मुल्यले नयाँ कीर्तिमान राखेको छ ।साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रति १० ग्राम सुनको मूल्य १ लाख ११ हजार ४५५ पुगेको छ ।
साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा थियो, दोस्रो दिन सोमबार प्रति १० ग्रामको १ लाख ८ हजार ६ सय २५ रुपैयाँ ९प्रतितोला १ लाख २६ हजार ७ सय० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अमेरिकी डलरको मूल्यमा देखिएको मजबुतिसँगै त्यसको प्रभाव सुनको मूल्यमा देखिएको हो ।
अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले यसको मूल्य तय गरिरहेको हुन्छ । खासगरी विश्वका ठूला लगानीकर्ताले गर्ने लगानीका आधारमा सुनको मूल्य समेत प्रभावित बन्ने गर्छ ।
यो साता चाँदीको मूल्यसमेत बढेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ५ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बुधबार तोलाको १ हजार ४ सय ९० सम्म झरेको थियो । त्यसपछि भने लगातार वृद्धि भएको देखिएको छ ।
