हिरासत छलेर अस्पतालमा बस्ने व्यक्तिलाई रोक्न गृहले जारी गर्यो तीन बुँदे मापदण्ड
बैशाख २४, काठमाडौ : विभिन्न घट्नाको आरोपमा पक्राउ परेका व्यक्तिहरू हिरासत छलेर अस्पतालमा बस्न थालेपछि गृहमन्त्रालयले सोमबार तीन बुँदे मापदण्डसहितको निर्देशन जारी गरेको छ ।
विभिन्न अभियोगमा पक्राउ परेकाहरू चिकित्सकको सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई रोक्न गृहले यस्तो निर्देशन दिएको हो ।
चिकित्सकबाट भएका सिफारिससमेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेकाले त्यसको न्यूनीकरणका लागि उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयअनुसार तीन बुँदे निर्देशन जारी भएको हो ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार तीनवटा मापदण्ड पूरा गरेमा मात्रै पक्राउ परेका व्यक्तिलाई हिरासत नबसी अस्पताल जाने सुविधा दिइने बताइएको छ ।
