असोज,काठमाडौं १८ : प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताउनु भएको छ । बाढी पहिरो बढ्दै गएपछि देशबासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न पनि आग्रह गर्नुभएको छ ।
बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उहाँले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराउनु भएको छ ।
सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उहाँको भनाई छ ।
नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपतकालिन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको उहाँले बताउनु भयो । महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उहाँले सन्देशमार्फत जानकारी गराउनु भयो ।
