१८ फागुन,काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र हिंसा भड्किएको छ।
आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। विशेषगरी शिया समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। हिंसात्मक झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाले ज्यान गुमाएका छन्।
इस्लामावादको रेड जोन नजिकै हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीले अमेरिका र इजरायल विरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोली समेत चलाएका थिए, जसका कारण इस्लामावादको सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ।
ी
