
असार १८ काठमाडौं : मंगलबार कारोबार सुरु भएसँगै तीव्र गतिमा बढेको नेप्से सूचक अन्ततः ४७.०४ अंकले बढ्दै २१ सयको विन्दुमा पुगेको छ । सत्ता समीकरण फेरबदल हुने परिस्थिति बनेसँगै लगानीकर्ताहरूमा गतिशीलता आउँदा मंगलबार नेप्स सूचक ५ प्रतिशतसम्मले बढ्दै दुईपटक हल्ट भएको थियो ।
दिउँसो १२ बजेसम्म १०२ अंकसम्मले वृद्धि भएको नेप्से सूचक अन्ततः पुन फर्किएर ४७.०४ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.९४ अंकले बढ्दै ३७०।७१ विन्दुमा उक्लिएको छ । ४७ अंकले नेप्से बढेको यस दिन ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
मंगलबार १३ वटै उपसूचक धानात्मक हुँदा बैंकिङ्ग समूह, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ३ प्रतिशत माथिले बढेका छन् । यसैगरी डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०१ प्रतिशतले बढ्दा मंगलबार फाइनान्स समूहको उपसूचक २.११ प्रतिशतले, इन्भेष्टमेन्ट २.३१ प्रतिशत, जीवन बीमा २।१७ प्रतिशतले र निर्जीवन बीमा समूह २.४३ प्रतिशतले बढेका छन् ।
