२२ फागुन,काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । खनाल २७ हजार ७१९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउनुभएको छ ।
राप्रपाका उद्धवराज भेटुवालले २ सय ९० मत पाउँदा र नेपाली कम्युनिष्ट पार्टीका हिमाल शर्मा २३१ मतमा समेटिएका छन् ।
