साउन, काठमाडौं २८ : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारमा विशेष सुविधा नदिइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार आयोगको बुधवारको बैठकमा उहाँले रूपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीले पाइरहेको सुविधा दिइएको स्पष्ट दाबी गर्नुभएको छ ।
लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ कि भनेर सोध्ने गरेको पनि उहाँको भनाई छ ।
