
असार १० काठमाडौं : मकवानपुरमा जंगली च्याउको तरकारी पकाएर खाँदा घर मूलीको मृत्यु भएको छ। सँगै खाना खाएका एकै परिवारका अन्य चारजना गम्भीर बिरामी परेका छन्।राक्सिराङ गाउँपालिका-७ दगुबाङका दलबहादुर प्रजा (चेपाङ)को जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए।
च्याउको तरकारी खाएका घरमुली ५५ वर्षीय दलबहादुरको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिनु भयो । राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार गम्भीर अवस्थाका दलबहादुरलाई उपचारका लागि आइतबार साँझ मात्रै चितवनको भरतपुरतर्फ लगिएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
