२६ फागुन,काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनालाई छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ ।
जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्र्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगले प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष बुझाइसकेको छ ।
सोही प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो । बैठकमा प्रतिवेदन पेस भएपछि आवश्यक कार्यान्वयनको प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
