७ फागुन,काठमाडौं । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झण्डा जलाएको भिडियो सार्वजनकि भएपछि अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेका तुलसीपुरको कालाखोला बस्ने वर्ष ५५ का बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उहाँलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको र यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हिजो रास्वपा सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरूले झण्डा जलाएका थिए।
निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। प्रहरीले जिम्मेवार व्यवहार प्रदर्शन गर्न पनि सबैमा अनुरोध गरेको छ।
