भदौैं,काठमाडौं २३ : पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश दिएको बताउनु भएको छ ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै उहाँले भनुभयो एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । कयौँ युवाहरूले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्यो । उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।ु
उहाँले त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठुलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ९आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ भन्नु भएको छ ।
जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको र सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन नसक्ने हुँदा । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुुभयो । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सक्ने अपेक्षा लिएको बताउनु भएको छ ।
