
असार३१, काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिनु हुनुभएको छ । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।
ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो। ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्नु भएको हो । माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त शुनु भएको हो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ ९२० बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । नेपाली कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो।
